Nepal new constitution announced day (1)

३ असोज, काठमाडौं । संविधानसभाबाट बनेको नयाँ संविधान घोषणाको तयारी भइरहेको छ । सभासद तथा विशेष अतिथिहरु बानेश्वर पुग्ने क्रम सुरु भइसकेको छ । बानेश्वरस्थित संविधानसभा भवनबाट अनलाइनखबरकर्मी सुरेश भुसाल, मात्रिका पौडेल र श्रीधर पौडेलले लाइभ अपडेट गराइरहेका छौं ।
  • राष्ट्रपतिले नेपालको नयाँ संविधान जारी भएको घोषणा गरेका छन्

  • ऐतिहासिक अबसरमा सम्पूर्ण नेपालीलाई बधाइ तथा शुभकामना दिएका छन् राष्ट्रपतिले 
  • जनताको चाहनाले आज मूर्त रुप लिएको छ । त्यस अबसरमा लोकतान्त्रिक आन्दोलनका सहिद, सहयात्री जनता र जननायकहरुप्रति सम्मान प्रकट गदर्छु
  • यससँगै गणतन्त्र संस्थागत भएको छ । नेपाली जनतामा निहित सार्वभौमसत्ता र राज्यशक्तिको श्रोत जनता हुन् भन्ने मान्यता पनि स्थापित भएको छ ।
    संघीयता र गणतन्त्र सहितको हाम्रो बहुदलीय संसदीय शासन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिताका आधार संविधान कार्यान्वयनका क्रममा अझ फराकिलो र विकसित हुँदै जानेछन् ।
    संविधान घोषणासँगै देश दिगो शान्त र स्थायित्व र न्यायापूर्ण सामाजिक आर्थिक विकासको बाटोमा तिब्रताका साथ अघि बढ्ने हाम्रो विश्वास छ ।
  • नयाँ संविधानले सबै क्षेत्र र समुदायको जनताको आकांक्षा, पहिचानलाई समान ढंगले संरक्षण र प्रदर्धन गर्नेछ । विविधिताको बीचमा एकतामा जोड दिँदै सबै प्रकारका विभेद र असमानातालाई अन्त्य गर्ने मौका यो संविधानले प्रदान गर्नेछ ।
  • पारस्परिक एकताका साथ संविधानमा भएका जनताका अधिकार, उपलब्धी र संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण, सम्वर्धन गर्न आहृवान गर्छु ।
    संविधान गतिशिल दस्तावेज हो । यसको सफल प्रयोग गर्दै सम्बृद्धि हासिल गर्न आग्रह गर्छु । जनताका प्रतिनिधिद्धारा संविधानसभाबाट पारित यो संविधान भौगोलिक अखण्डता र स्वाधिनता र जनतामा निहित सर्वभौमसत्ताको संरक्षण गर्ने साझा दस्तावेज हो ।
  • संविधानसभाका सदस्यहरुलाई अध्यक्षमार्फत धन्यवाद दिन्छु । यो संविधान र परिवर्तित सभाले देशको एकताको कडी मजवुत गर्दै जानेछ । राष्ट्रको जय होस्, सबै नेपालीको जय होस् । धन्यवाद
००००
  • संविधानसभा बैठकले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ ।
००००
  • राष्ट्रपतिले नयाँ संविधानमा हस्ताक्षर गरेका छन् । उनले पाँचप्रति संविधानमा हस्ताक्षर गरेका छन् ।
  • संविधानसभा बैठक सुरु भएको छ । सभाध्यक्षले राष्ट्रपतिसमक्ष संविधान हस्तान्तरण गरेका छन् ।
०००००
  • अहिले संविधानसभा भवनमा राष्ट्रपतिलाई २१ तोपको सलामी दिने क्रम सुरु भएको छ ।
  • राष्ट्रपति डा. रामवरण यादव संविधानसभा भवनको हलभित्र प्रवेश गरेका छन् ।
  • अब राष्ट्रगान बजेको छ ।
००००
भिडियो हेर्नुस् 
  • संविधान घोषणाका लागि ५ बजेको समय तय भएको छ । तर, राष्टपति शीतल निवासबाट बानेश्वर पुग्दा केही ढिलो हुने बताइएको छ ।
  • शीर्ष नेताहरुमा सबैभन्दा पहिले एमाओवादी अध्यक्ष प्रचण्ड पुगेका छन् । उनी केहीबेर अघि संविधानसभा भवन पुगिसकेका छन् ।
Nepal new constitution announced day (5)
  • धेरै सभासदहरु संविधानसभा भवन पुगिसकेका छन् । केही सभासद जातीय भेषभुषामा सजिएर गएका छन् भने धेरै  औपचारिक पोसाकमा छन् । संविधानसभाबाट नयाँ संविधान बनाउन सफल भएकोमा सभासदहरुको अनुहारमा एक प्रकारको खुसी छ ।
Nepal new constitution announced day (30)
  • संविधानसभा भवनभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित सेना समेत खटिएको छ । 
Shesh Ghale At Bicc
  • संविधान घोषणाको ऐतिहासिक समारोहका सहभागी हुन एनआरएनए अध्यक्ष शेष घले पनि संविधानसभा भवन पुगेका छन् । 
BICC (5)
  • संविधानसभा भवन परिसरको माहोल निकै रामाइलो छ । भवन परिसरलाई दुलही झै सिंगारिएको छ । 
  • नयाँ संविधान घोषणाका लागि राष्टपति डा. रामवरण यादव बग्गीमा चढेर संविधानसभा भवनमा पुग्ने छन् । उनलाई नेपाली सेनाले ३१ तोपको सलामी दिनेछन् । 
Nepal-new-constitution-announced-day
  • प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली पनि संविधानसभा भवन पुगिसकेका छन् । अब राष्ट्रपतिको प्रतिक्षा भइरहेको छ । 
  • संविधानसभामा अधिकांश कूटनीतिज्ञ पुगिसकेका छन् । भारतीय राजदूत रन्जित रे पनि पुगेका छन् ।
  • राष्ट्रपतिको कार्गेडका लागि बानेश्वरसम्मको सडक खाली गरिएको छ । राष्ट्रपति बबरमहलबाट रिसल्ला घोढचढी अगाडि पछाडि लगाएर बानेश्वरस्थित संविधानसभा भवनमा प्रवेश गर्नेछन् । 
  • बबरमहल क्षेत्रमा पुगेपछि राष्ट्रपति डा. रामवरण यादवले गाडीबाट हात हल्लाएका छन् ।

Post a Comment

 
Top