काठमाडौं, असोज ४ – आज अन्तर्राष्ट्रिय शान्ति दिवस, शान्तिका लागि सहकार्य : सबैका लागि सम्मान भन्ने नाराका साथ मनाईंदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

राष्ट्रसंघको ५६ औँ वार्षिक साधारण सभाले प्रस्ताव पारित गरी विश्वव्यापी रुपमा हिंसा र युद्धको समाप्तिको दिनको रुपमा आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेपछि नेपालले २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो ।
आइतबार संविधानसभाबाट शान्तिपूर्ण तरिकाले नेपालको संविधान २०७२ जारी भएकाले शान्ति दिवसलाई अझ महत्वका साथ हेरिएको छ । दिवसका अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले लोकतान्त्रिक शासन पद्धति, दिगो शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।
उहाँले एक दशक लामो सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तण गरी शान्ति सम्झौताले निर्देश गरेबमोजिम संविधानसभाबाट संविधान जारी गर्न सकेकोमा खुशी व्यक्त गर्नुभएको छ ।

Post a Comment

 
Top