३ आश्विन २०७२, आइतवार, सप्तमी 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाईबाट सहयोग पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। जिम्मेवारीबाट मुक्त रही विश्राम पाइनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्रा गर्ने मौका छ। प्रयास गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले काममा सफलता मिल्नेछ। दिगो फाइदा हुने काम सुरु हुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। सुखद समाचार सुन्न पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पढाइ लेखाइमा प्रगति हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ। सन्तानले प्रसन्नता दिलाउनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार ब्यबसायमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कामको उचित मूल्यांकन हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिवारको सहयोगले महत्वपूर्ण काम सुरु हुन सक्छ। तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ। ठीक समयको सही निर्णयले विभिन्न अवसर मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारको साथले नयाँ काम शुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै पारिवारिक सुख प्राप्त हुनेछ। सामाजिक मानसम्मान पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। रमाइलो यात्राको अवसर मिल्नेछ भने भेटघाटमा मन प्रसन्न रहनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदा हुनेछ। व्यापारमा राम्रो लाभ मिल्ने योग रहेकोछ। बोलीको प्रभाब बढ्नेछ। साथीभाईसंग मनमुटाब हुन सक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिवारको सहयोग लिँदा काममा सुधार आउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ब्यापार ब्यबसायबाट पनि प्रशस्त धन आर्जन हुनेछ। प्राबिधिक काममा सफलता मिल्नेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिष्ठित काम गर्ने मौका छ। काम गर्ने आत्मविश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। 

Post a Comment

 
Top