राष्ट्रपति रामवरण यादवले नेपालको संविधान जारी गरेसँगै छोटो मन्तब्य राखेका छन् ।

संविधानसभामा मन्तब्य राख्दै राष्ट्रपति यादवले नयाँ संविधानलले राष्ट्र र सबै जनताको कल्याणको कामना गर्दै नेपाली जनतालाई बधाई तथा शुभकामना दिए । president. 1png








उनले भने, ‘ संविधानसभाबाट जनतको लोकतान्त्रिक अधिकार , आर्थिक समृद्धि र राष्ट्रिय एकताको लागि बनाइएको संविधान जारी भएको ऐतिहासिक अवसरमा सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।’
उनले संविधान जारी भएसँगै नेपाली जनताले झण्डै ७ दशक अघिदेखि गरेका अथक लोकतान्त्रिक आन्दोलन र दिगो शान्तीको पक्षमा प्राप्त भएको जनताको चाहनाले मूर्त रुप लिएको बताए ।
लोकतान्त्रि आन्दोलनका सहिद , जनता र जननायक हरुमा सम्मान प्रकट गर्दै राष्ट्रपतिले मुलुकमा संविधानको घोषणासँगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको घोषणा गरे ।
उनले भने, ‘नेपाली जनतामा नीतित सार्वभौमसत्ता र राज्य शक्तिको श्रोत जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ ।’
उनले संघीयता र गणतन्त्र सहितको बहुदलीय शासन प्रणालीमा समानुमातिक समावेशी प्रतिनिधित्वको आधारसहित अन्य विषयरुको कार्यन्वयनको पाटो अझ फराकिलो हुँदै जाने विस्वास व्यक्त गरे ।
नयाँ संविधानले देशमा दिगो शान्ति र राजनीतिक स्थायीत्व हुँदै न्यायपूर्ण आर्थिक विकासमा तीब्रताका साथ अघि बढ्ने विस्वास व्यक्त गर्दै यादवले बहु धार्मिक बहुसांस्कृतिक देशमा नयाँ संविधानले सबै क्ष्ोत्र र समुदायको आकांक्षा अधिकार र पहिचानलाई समान ढंगले संरक्षण र प्रवर्धन गर्ने बताए ।
- See more at: http://www.ratopati.com/

Post a Comment

 
Top