३ असोज, काठमाडौं । उद्योगी व्यवसायीहरुले नयाँ संविधानको भव्य स्वागत गर्ने तयारी गरेका छन् । साँझ संविधानसभाले नयाँ संविधान घोषणा गर्नेवित्तिकै उद्योगी-व्यवसायीले दिपावली गर्ने कार्यक्रम छ ।

Nepal new constitution announced day (2)नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुले देशका विभिन्न ठाउँमा दिपावली गर्दैछन् ।
‘नयाँ संविधानको खुसीयालीमा तराइबाहेक देशका अन्य सबै ठाउँमा दिपावली गर्छौं ।’ उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले अनलाइनखबरसँग भने- ‘तराईका उद्योगमा दिपावली गर्नु जोखिमपूर्ण छ ।’
आइतबारसाँझ उद्योग वाणिज्य महासंघको भवन र उद्योगहरुमा दिपावली गर्ने उनले जानकारी दिए । ‘सोमबारको बिजयर्‍यालीमा सक्रिय सहभागिताका लागि सबै सदस्यहरुलाई आग्रह गरिसकेका छौं ।’ मुरारकाले भने ।
त्यसैगरी आजको दिन एक युगमा एक पटक आउने दिन भएकाल आम नेपाली जनताले दिपावली गरी नयाँ संविधानको स्वागत गर्नुपर्ने उद्येाग परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले जानकारी दिए ।
‘सरकारले आहृवान गरेको विशेष समारोहमा सहभागी भएर नयाँ संविधानलाई स्वागत गर्ने हाम्रो योजना छ ।’ शर्माले भने । नयाँ संविधानसँगै राजनीतिक गतिरोध गतिरोध अन्त्य भएको उनको भनाई छ ।
नयाँ संविधान प्रजातान्त्रीक प्रणालीबाट आएकाले कसैले पनि बहिस्कार गर्न नहुने उनले शर्माले बताए । उनले नयाँ संविधानलाई २ करोड ८० लाख जनताकै बनाउन दलर तिनका नेतासँग उनको आग्रह छ ।
नयाँ संविधानले आर्थिक विकासको आशा जगाएकाले सबै नेपाली खुसी हुनुपर्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् । ‘यो सुखद क्षणलाई हामी दिपावली गरि स्वागत गर्दैर्छौ ।’ श्रेष्ठले भने- भोलीको बिजयर्‍यालीमा सहभागि हुन सबैलाई आग्रह गरेका छौं ।’
त्यस्तै, नयाँ संविधान जारी हुन लागेकोमा होलट व्यवसायीहरु अत्यन्तै खुसी भएको होटल एसोसिएसन अफ नेपाल -हान)का अध्यक्ष बिके श्रेष्ठले बताए ।  हालने दिपावली गरी नयाँ संविधानको भव्य स्वागत गर्ने उनले जानकारी दिए ।
अहिले होटल उद्योगमा ठूलो लगानी घोषणा भएको र भूकम्पले निरुत्साहित भएका लगानीकर्तालाई नयाँ संविधानले थप उत्साह प्रदान गर्ने व्यवसायीहरुको विश्वास छ । भोलीको बिजय र्‍यालीमा होटल व्यवसायीहरुको सक्रिय सहभागिता रहेने श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी बैंकरहरुले पनि नयाँ संविधानको भव्य स्वागत गर्ने तयारी गरिरहेको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । ‘सरकारले आहृवान गरेको बिजय र्‍यालीमा सक्रिय सहभागी भएर नयाँ संविधानको खुसीयाली मनाउनेछौं ।’ उनले भने ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top