काठमाडौं, साउन १७ – भारतबाट कम आउँदा 
अहिले प्याजको भाउ महंगो भएको छ । काठमाडौं सहित देशभर नै प्याजको मुल्य 
बढेको छ । भारतमा उत्पादन कम हुँदा आयात घटेको र भाउ बढेको व्यापारीले 
बताएका छन् ।
अबिरल वर्षाका कारण भारतमा प्याजको 
उत्पादन घटेको र माग धेरै हुँदा नेपालमा आवश्यकता अनुसार भित्रन सकेको छैन ।
 व्यवसायीका अनुसार हरेक वर्षायाममा प्याज महंगिने गर्छ । काठमाडौं र देशका
 अरु शहरका थोक बजारमा प्याज किलोको ७० देखि ८० रुपैयाँको हाराहारीमा 
पुगिसकेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास 
समितिका अनुसार प्याजको भाउ अझै महंगिने सम्भावना छ । काठमाण्डूको बजारमा 
दैनिक डेढसय मेट्रिक टन प्याज भित्रने गरेकोमा आइतबार ४० टन मात्र 
भित्रिएको छ ।

 
Post a Comment