काठमाडौं, साउन १८ – धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा अब सफलतापूर्वक बाल-बालिकाको (पिडियाट्रिक) ल्याप्रोस्कोपिक सर्जरी पनि सुरु भएको छ ।
ग्रान्डीका पिडियाट्रिक सर्जन डा. आर पि चौधरी र ल्याप्रोस्कोपिक सर्जन डा. राकेशकुमार साहले संयुक्त रुपमा कास्कीका ३ बर्षिय एक बालकको जन्मजात नै लुकेर रहेको अण्डकोष (Intra Abdominal Testicular Agenesis) को सफल रुपमा शल्यक्रिया गरेका हुन् । जन्मजात नै देब्रेतिरको अण्डकोष कम्मर माथि र करङ मुनीको भागमा लुकेर रहेका बालकमा पछि बाँझोपन, क्यान्सर जस्ता जटिल समस्या उत्पन्न गर्नसक्ने भएकाले त्यसलाइ निकालिएको बालकको शल्यकृयामा संलग्न डाक्टरहरूले जानकारी दिएका छन् ।
यस किसिमको समस्या बालकहरूमा अत्यन्त कम देखिने भएपनि यसको उपचार तुलनात्मक रुपमा जटिल मानिन्छ । ग्रान्डी अस्पतालले यसअघि पनि यस किसिमका जटिल शल्यकृया गर्दै आएको छ ।
Post a Comment