नेपाल शिक्षा परिषद्लगायतका संस्थाले
आयोजना गरेको कार्यक्रममा सभामुख सुवास नेम्वाङले आदिकवि आचार्यको सालिकमा
माल्यार्पण गर्दै नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न उहाँको
ठूलो योगदान रहेको स्मरण गर्नुभयो ।
सो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्नेमा जोड दिनुभयो । साहित्यिक
व्यक्तित्व रमा शर्मा, कमलमणि दीक्षित, भीमबहादुर अधिकारी, शीला पन्त,
दीर्घराज प्रसाईं, सावित्री खरेल, भवानी पौडेललगायतले आदिकवि आचार्यको
सालिकमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
रासस
Post a Comment