हुम्ला, साउन २२ - गाविसमा वितरण गर्न
लगिएको सामाजिक सुरक्षाको रकम गाउँबाटै चोरी भएको छ । हुम्ला जिल्लाको
सबैभन्दा धेरै जनसंख्या रहेको मैला गाविसका वृद्ध, अशक्त, बालबालिका, एकल
महिला, दलित र कर्णाली रोजगार शीर्षकको गाउँमा वितरण गर्न लगिएको ३६ लाख ६०
हजार रुपैंया चोरी भएको हो ।
गाविसमा वितरण गर्न गाविस सचिव टंकदत्त
प्याकुरेलले गाविसकै कर्मचारी हस्त थापाको मैला ४ थापागाउँमा रहेको घरमा
राखेको रकम चोरी भएको हो । सदरमुकाम सिमीकोटदेखि ४८ कोष टाढा रहेको मैला
गाविसमा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको छ । घटनावारे अनुसन्धानको
लागि गाविस सचिव सहित ५ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको डिएसपी
प्रहरीले जनाएको छ ।
गाविसभरी ५२ लाख रकममध्ये १६ लाख रकम वडा
नं ७ र ८ काँडागाउँ जिमानामा वितरण भइसकेको र बाँकी वडाको वितरण गर्न रहेको
रुपैंया घरमा राखेको अवस्थामा चोरी भएको खवर आएको प्रहरीले जनाएको छ ।
Post a Comment