असोज २ - जापानी संसदले सेनालाई विदेशमा गएर लड्न अनुमति दिएको विवादास्पद कानुन पारित गरेको छ । यो कानुन पारित भएपछि जापानी सेनाले देश बाहिर गएर युद्ध लड्न पाउने छन् । जापानी सेनाले दोश्रो विश्वयुद्धपछि पहिलो पल्ट देश बाहिर गएर युद्ध गर्ने अनुमति पाएको हो । 

जापानी सेनाले विदेशमा गएर युद्ध गर्न पाउने भएपनि जापान अनावश्यक युद्धमा फस्ने भन्दै विपक्षीहरुले यो कानुनको विरोध गर्दै आएका थिए । जसका कारण यो कानुन पारित गर्न ढिलाई समेत भएको थियो । कानुन पारित गर्नका लागि संविधानमा संशोधन समेत आवश्यक थियो । 
कानुन पारित हुने बेलामा संसद भवन अघि भेला भएका जापानी नागरिकले हामी युद्ध हैन शान्ति चाहन्छौं भन्दै प्रदर्शन गरेका थिए ।
-एजेन्सीको सहयोगमा

Post a Comment

 
Top