नवलपरासी, साउन २३ – नवलपरासीको देवचुलीमा
शनिबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय
नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीका अनुसार रुपन्देहीको
मदौलियाका २८ वर्षका सन्तराम चौधरीको करेन्ट लागेर ज्यान गएको हो ।
मौलाकालिका प्लाष्टिक उद्योगमा काम गर्ने
क्रममा शनिबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारको
क्रममा काठमाडौंको वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
Post a Comment