काठमाडौं, श्रावण ३२ । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भगवान शिवलाई जल चढाउन ब्रतालुको घुइँचो लागेको छ । शिव मन्दिरहरुमा सुख, शान्ति तथा सौभाग्यको कामना गर्दै हरियो बस्त्र र आभूषणमा सजिएका महिलाहरुको विशेष घुइँचो लागेको छ । 

काठमाडौंको पुशपतिनाथ, धरानस्थित पिण्डेश्वरधाम, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर,   चितवनको देवघाट, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । ठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा चढाउने भक्तजनहरुको पनि निकै घुइँचो देखिएको छ ।

सुनसरीको धरानस्थित पिण्डेश्वर बाबाधाममा पनि जल चढाउन आउने भक्तजनको उपस्थिती बाक्लो छ । महादेव मन्दिरहरुमा श्रावण महिनाको सोमबारका दिन पूजा पाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्रेतायुगमा माता पार्वतीले भगवान शिवलाई बरको रुपमा प्राप्त गर्नका लागि १६ सोमवारी ब्रत गरेको कुरा शिवपुराणमा उल्लेख छ ।
- See more at: http://imagekhabar.com

Post a Comment

 
Top