नवलपरासी, साउन ३२ – लगातारको बन्दले पठनपाठनमा असर परेको भन्दै नवलपरासीका विद्यार्थी बन्दको विरोधमा उत्रिएका छन्  । त्रिभुवन उच्च मावि कुमारवर्ती ढोकीका विद्यार्थी प्लेकार्ड सहित बन्दको विरोधमा सडकमा आएका हुन् ।

सोमबार उनीहरुले बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने माग गरे ।  विद्यालयको पोशाकमा प्लेकार्ड बोकेका अधिकांश विद्यार्थी झण्डै १० किलोमिटर साइकल चलाएर कावासोती आएका थिए  ।
राजमार्गमा नआएसम्म आफ्ना कुरा नसुनिएको भन्दै सडकमा आएको उनीहरुले बताएका छन् । विद्यालय शान्ति क्षेत्र घोषणा गरिए पनि बालबालिका विद्यालय समेत जान नपाएको विद्यार्थीको गुनासो छ ।

Post a Comment

 
Top