साउन ३१ – सामसुङले आउँदो हप्ता आफ्ना दुई नयाँ उत्पादन बजारमा ल्याउँदैछ । अगस्ट २१ अर्थात आउँदो भदौ ४ गतेबाट विश्वभरका बजारमा उपलब्ध हुने गरी सामसुङले ग्यालेक्सी नोट ५ ट्याबलेट तथा ग्यालेक्सी एस सिक्स एज प्लस स्मार्टफोन ल्याउन लागेको हो ।
ट्याबलेट ग्यालेक्सी नोट ५ कालो तथा सेतो रंगमा उपलब्ध हुनेछ । यस्तै स्मार्ट फोन ग्यालेक्सी एस सिक्स एज प्लस कालो तथा गोल्ड प्लाटिनियम रंगमा उपलब्ध हुनेछ । नोट ५ र ग्यालेक्सी एस सिक्स एज प्लस दुवै ३२ जिबी र ६४ जिबी गरी दुई स्टोरेज क्षमतामा उपलब्ध हुने छन् । ३२ जिबी स्टोरेज क्षमताको ट्याबलेट ग्यालेक्सी नोट ५ को बजार मुल्य ६ सय ९६ अमेरिकी डलर तथा ६४ जिबी स्टोरेज क्षमता भएको ट्याबलेटको ७ सय ९२ अमेरिकी डलर पर्नेछ । ट्याबलेटको भन्दा स्मार्टफोन ग्यालेक्सी एस सिक्स एज प्लसको मुल्य बढी छ । ३२ जिबी स्टोरेज क्षमता भएको एस सिक्स प्लसको ७ सय ६८ अमेरिकी डलर तथा ग्यालेक्सी एस सिक्स एज प्लसको मुल्य ८ सय ६४ अमेरिकी डलर पर्ने छ । यसअघि आएको ग्यालेक्सी एस सिक्स एज भन्दा एस सिक्स प्लस ठुलो आकारको छ । यस्तै एस सिक्स प्लसको स्क्रिनको तल माथि दुवैतिर मोडिएको छ । यसले गर्दा ग्यालेक्सी एस सिक्स एज प्लसलाई आइफोन सिक्स प्लस भन्दा राम्रो देखाएको छ ।
सामसुङलाई एप्पलको लोकप्रिय आइफोन सिक्स प्लसलाई टक्कर दिन नयाँ स्मार्ट फोनको माग बढाउनु पर्ने हुन्छ । त्यसका लागि ग्यालेक्सी एस सिक्स एज प्लसलाई थप आकर्षक बनाइएको जनाइएको छ । आइफोनको नयाँ संस्करण भन्दा ग्यालेक्सी एस सिक्स एज प्लसलाई आकर्षक देखाउन दुवै तिर मोडिएको स्क्रिन नै पर्याप्त भएको जानकारहरुले बताएका छन् । ट्याबलेट ग्यालेक्सी नोट ५ र स्मार्टफोन ग्यालेक्सी एस सिक्स एज प्लस दुवैको स्क्रिन ५ दशमलव ७ अर्थात १४ दशमलव ५ सेन्टिमिटरको छ । जुन अघिल्लो संस्करणको भन्दा शुन्य दशमलव ६ इन्छ ठुलो हो । ग्यालेक्सी एस सिक्स प्लस ठूलो आकारको स्मार्ट फोन अर्थत फ्याबलेट रुसचाउनेका लागि लक्षित गरी ल्याउन लागिएको हो । यसमा १६ मेगा पक्सेलको क्यामेरा तथा लामो सयमसम्म टिक्ने ब्याट्री हुनेछ । नोट ५ र एस सिक्स एज प्लस दुवैले चाहार पिक्सेलको भिडियो पनि खिच्ने छन् । आइफोनको नयाँ संस्करणको जस्तै हो ।

– एजेन्सीको सहयोगमा

Post a Comment

 
Top