नवलपरासी, साउन ३२ - नवलपरासीमा सोमबार आफ्नै बन्दुकको गोली लागेर सशस्त्र प्रहरीका सहायक हवल्दार घाइते भएका छन् । सीमा सुरक्षा बल बेलासपुरमा कार्यरत सहायक हवल्दार काशीनाथ कुमाल आफ्नै बन्दुकको गोली लागेर घाइते भएका हुन् ।

नवलपरासीको बेलासपुरमा बन्द आह्वानकर्ता र प्रहरीबीचको झडपका क्रममा सुरक्षार्थ खटिएका कुमालको खुट्टा चिप्लिँदा बन्दुकको गोली कुमालको खुट्टामा लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो । घाइते कुमालको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ 

Post a Comment

 
Top