Mausam Chhantyal at band
३१ साउन, काठमाडौं । १० वर्षीय बालक मौसम छन्त्याल दुई वैशाखी टेकेर खल्च्याङ-खल्च्याङ गर्दै गोंगबुको सडकमा हिँडिरहेका छन् । प्लास्टर गरेको खुट्टा ड्रेसिङ गराउनु छ उनलाई ।
नेकपा-माओवादीसहितको मोर्चाले गरेको बन्दका कारण गाडी नचलेपछि उनी घाइते खुट्टा लिएर बैशाखीमा घिस्रिदै अस्पताल जान वाध्य भएका हुन् ।
Mausam Chhantyalगत १२ वैशाखको भूईंचालोमा परी उनको एउटा गोडा भाँच्चिएको थियो । अशक्त अवस्थाले गर्दा स्कुल जान नपाएका उनी थप उपचारका लागि बागलुङबाट काठमाडौं आएका हुन् । गोंगबुमा उनको बुवाको डेरा छ ।
अस्पताल जानेक्रममा उनका बुबा पनि सँगै थिए । मौसम भने घरि-घरि पछाडि फर्केर हेरिरहन्थे, गाडी आउँछ कि भनेर । उनलाई आज कसले बन्द गरेको हो भन्ने थाहा छैन । यत्ति थाहा छ, खुट्टाको घाउ दुखिरहेको छ र सजिलोसँग अस्पताल पुगेर उपचार गर्नु छ ।
Mausam Chhantyal Going to hospital in band

Post a Comment

 
Top