३१ साउन, पोखरा । एकाबिहानै प्रहरीको टोली भ्यान लिएर बन्दकर्तालाई खोज्न पोखरा बजारमा निस्किएको थियो । तर, मकै पिस्दा घून पिसिने आहानजस्तै प्रहरीको घानमा परे स्थानीय सर्वसाधारण रमेश पाल ।

Pokhara0
छाता बोकेर हिँडिरहेका पाललाई बन्दकर्ता ठानेर प्रहरीले च्याप्पै समाते । उनी पनि के कम ! जंगिँदै प्रश्न गरे, म बन्दकर्ता हैन, मलाई किन समातेको ? जीउको पसीनाले भन्थ्यो, उनी मर्निङवाकबाट फर्केका हुन् ।
pokhara1
तँ बढ्ता ठूलो कुरा गर्छस् भन्दै प्रहरीले उनलाई घोक्र्यायो । अन्ततः माछाको शिकार गर्न निस्केका प्रहरीले भ्यागुताको शिकार गरेजस्तै भयो । बन्दका नाममा प्रहरीले सर्वसाधारणमाथि गर्ने दुर्व्यवहारको पात्र बन्न बाध्य भए रमेश ।
Pokhara2
ठूलै जिउ-डालका भए पनि छाता बोकेका पालले बन्दूक बोकेका प्रहरीसँग भिड्न सक्ने कुरै थिएन, उनी प्रहरी भ्यानतिर हुत्तिए । सडकको डिलबाट मानिसहरुले यो तमासा हेरिरहेका थिए ।Pokhara3
एकजना प्रौढ एवं स्वस्थ नागरिक भएकाले पाल आफैं भ्यानमा चढ्न सक्ने थिए, उनले ‘आत्मसमर्पण’ गरिसकेकै थिए, तर प्रहरीलाई यतिमै चित्त बुझेन । उनीहरुले पाललाई आलुको बोरा जसरी यसरी उचालेर भ्यानभित्र फ्याँके-
Pokhara4
Pokhara5
Pokhara5
Pokhara7
Pokhara8
Pokhara9

- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top