बारा, साउन ३२ – बाराको हरैयामा ट्रयाक्टर र मोटसरसाइलक ठोक्किँदा एक जनाको ज्यान गएको छ । हरैया–३ का पलट पासवानकी १५ वर्षकी छोरी फूलकुमारी पासवानको ज्यान गएको हो ।

बा ३ प ३९३३ नम्बरको मोटरसाइकल र ना ३ त २९०२ नम्बरको ट्रयाक्टर ठोक्किँदा मोटरसाइकलमा रहेकी पासवानको ज्यान गएको हो । दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top