काठमाडौं, भदौ २५ - यस पटक मदन पुरस्कार खुसी पुस्तकका लागि पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गरिने भएको छ । जगदम्बा श्री पुरस्कार भने समाजसेवी अंगुरबाबा जोशीलाई प्रदान गरिने निर्णय गरिएको मदन पुरस्कार गुठीले जनाएको छ ।
खुसी पुस्तक पत्रकार पाण्डेको संस्मरणमा आधारित पुस्तक हो । जसलाई फाइन प्रिन्टले गतवर्ष बजारमा ल्याएको थियो । जगदम्बा श्री पुरस्कार पाउने अंगुरबाबा जोशी समाजसेवी हुनुहुन्छ । उहाँ पद्मकन्या क्याम्पसको प्रमुख पनि हुनु भएको थियो । 
मदनपुरस्कार एक वर्षभित्र नेपाली भाषमा निस्किएका उत्कृष्ट कृतिहर मध्ये एक कृतिलाई प्रदान गरिन्छ भने जगदम्बा श्री पुरस्कार नपाली भाषा, संस्कृति, साहित्यलगायतका विभिध क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यत्तिलाई प्रदान गरिने गुठीले जनाएको छ दुवै पुरस्कारको राशी २ लाख रुपैयाँ छ ।

Post a Comment

 
Top