काठमाडौं, साउन २५ – १६ बुँदे र ६ प्रदेशसहितको संघीय राज्य रहने सम्झौताको हस्ताक्षरकर्ता मध्ये एक मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाटै आन्दोलनको तयारी शुरु भएको छ । पार्टी अध्यक्ष विजयकुमार गच्छदारले सम्झौतामा हस्ताक्षर गरे पनि पार्टीमा उनीबाहेक सबै शीर्ष नेता यसको विपक्षमा रहेका छन् । पार्टीका असन्तुष्ट पक्षहरुले सम्झौताविरुद्ध आन्दोलन शुरु गर्ने घोषणा गरेपछि पहिले नै दोहोरो दबाबमा रहेका अध्यक्ष गच्छदारले पार्टीका नेताहरुलाई आन्दोलन गर्न र त्यसमा आफ्नो नैतिक समर्थन रहने बताएका छन् ।
four parties agreement
६ प्रदेशमा हस्ताक्षरपछि पार्टीमा विरोध हुन थालेपछि र पार्टी फुटकै अवस्थामा पुग्ने भएपछि अध्यक्ष
गच्छदारले नेताहरुलाई भनेका छन्, ‘मैले दवावमा आएर हस्ताक्षर गरेको हुँ तर तपाईहरुलाई आन्दोलन गर्ने छुट छ तपाईहरु आन्दोलन गर्नुस् मेरो नैतिक समर्थन रहनेछ ।’ सिंहदरवारको संसदीय दलमा आज बसेको बैठकमा उनले कहाँबाट कस्तो दवाव आयो, त्यो भने खुलाउन सकेनन् ।
यो कुरा भनि सकेपछि सोही पार्टीका उपाध्यक्ष रामेश्वर राय यादवले, ‘अध्यक्षजी यो दोहोर चरित्र भएन र, एकातिर हस्ताक्षर पनि गर्ने अर्कोतिर आन्दोलन गर्ने पनि भन्नुहुन्छ यो कसरी सम्भव हुन्छ यो स्पष्ट भएन,’ भनेका थिए ।
थारुले भने, ‘थारुहट प्रदेशका लागि पार्टीभन्दा अलग किसिमले अब आन्दोलन हुन्छ । त्यसमा भाला, बर्छी जे जे हतियार हुन्छ सबै प्रयोग हुन्छ ।’
सोही पार्टीका अर्का थारु नेता लक्ष्मण थारुले थारुका लागि आफु आन्दोलन गर्दै आएको र अहिले यो पार्टीले थारुप्रति कुनै चासो नदेखाएको प्रति आपत्ति जनाएका थिए । ‘सबैले यो पार्टीलाई थारुको पार्टी भन्छन् तर आज यो स्पष्ट भइसक्यो कि यो न थारुको पार्टी हो न मधेशीको पार्टी हो, त्यसैले आज तपाईबाट स्पष्ट कुरा आउनु पर्यो कि यो पार्टी हो के चिज ?,’ थारुले भने, ‘थारुहट प्रदेशका लागि पार्टीभन्दा अलग किसिमले अब आन्दोलन हुन्छ । त्यसमा भाला, बर्छी जे जे हतियार हुन्छ सबै प्रयोग हुन्छ ।’
त्यसपछि अध्यक्ष गच्छदारले, ‘ठीक छ मैले कहाँ भनेको छु र कि तपाईहरु आन्दोलन नगर्नुस्, भाला बर्छी जे जेले आन्दोलन गर्न सक्नुहुन्छ गर्नुस् म सबैमा सहयोग गर्न तयार छु तर मेरो पनि बाध्यता बुझिदिनुस्’ भन्दै ‘यदि मैले हस्ताक्षर नगरेको भए तीन दलले नै हस्ताक्षर गरेर सविधान निर्माण गथ्र्यो र त्यसको दोष ममाथि नै आउँथ्यो अनि मैले जनतालाई के जवाफ दिन्थे ? म हस्ताक्षर गरेपनि नगरेपनि तीन दलले कुनै पनि हालतमा संविधान जारी गर्ने थिए । कसैले रोकेर पनि रोकिने बाला थिएन । संविधान निर्माण होस् भनेर मात्र मैले हस्ताक्षर गरेको हुँ । आज तपाईहरुलाई लागेको होला यो गलत हो तर पख्नुस् पछि यो नै राम्रो लाग्न थाल्छ ।’
बैठमा नेताहरुले ६ प्रदेशको ब्यापक विरोध भइरहेको र जनताले आफूहरुसँग जवाफ मागि रहेको कुरा सुनाउँदै पार्टीको तर्फबाट के जवाफ दिने प्रश्न गच्छदारलाई गराएका थिए । जवाफमा अध्यक्ष गच्छदारले पार्टीको आधिकारीक धारणा बनाउनपर्छ भन्दै आजका लागि राजनीतिक समितिको बैठक बोलाएका छन् र पार्टीको धारणा सोही बैठकबाट आउने बताइएको छ ।
source : www.ratopati.com

Post a Comment

 
Top