काठमाडौं, साउन २६ - काठमाडौंको कालिमाटी केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ४२ मिनेटमा पराकम्प गएको हो । व्यस्त समयमा पराकम्प गएपछि धेरैजनाको भागाभाग भएको थियो । घर र कार्यालयभित्र रहेकाहरु सडकमा निस्केका थिए । संविधानसभा हलभित्र समेत सभासदहरु जर्याकजुरुक उठेका थिए ।

त्यसअघि बिहान कीर्तिपुर केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको पराकम्प गएको थियो । बिहान ४ बजेर २० मिनेटमा भूकम्पको सानो पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।  

Post a Comment

 
Top