बारा, भदौ २६ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले शनिबार बिहान बारामा तीन वटा ट्रकमा आगजनी गरेका छन् । उनीहरुले मनोहरवा गाविसमा रहेको रिलायन्स् सुगर एण्ड केमिकल इन्डष्ट्रिजबाट चिनी लिएर काठमाडौंका लागि छुटेका तीन वटा ट्रकमा आगजनी गरेका हनु् । 
ना ५ ख २९९५, ना ५ ख ८७६१ र ना ४ ख २९२७ नम्बरको ट्रक आगजनीबाट पुर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ । 
आगजनीबाट गाडीमा रहेको चिनीसँगै झण्डै ३० लाख रुपैयाँको क्षती भएको उद्योगका प्रवन्धक राजेश पाण्डेले बताउनुभयो । उद्योगभन्दा ५ सय मिटर पर कलैया पिलुवा सडकअण्डमा मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन् ।

Post a Comment

 
Top