हेटौंडा, साउन  २५ -  धनुष्टंकार रोगबाट पीडित हेटौंडाका एक बालकलाई उपचार गर्न सहयोग मिलेको छ । बसामाडी वस्तीपुरका दिनेश चेपाङका १५ दिनका छोराको उपचारका लागि रकम जुटेको हो ।  

हेटौडा अस्पतालले उपचारका लागि काठमाण्डूको कान्तिबाल अस्पतालमा रिफर गरेपनि आर्थिक अभाबका कारण उपचार हुन सकेको थिएन । रकम अभावले चेपाङ बालकको उपचार हुन सकेन भनेर उज्यालो नेटर्वक र उज्यालो अनलाईनमा समाचार आएपछि ६३ हजार रुपैयाँ सहयोग जुटेको छ । हेटौडा ४ का हरि गिरी र उहाँकी श्रीमती देवकी गिरीले ५० हजार रुपैयाँ सहयोग रकम आज हस्तान्तरण गर्नुभयो ।
त्यसैगरी लाईन्स क्लब अफ हेटौडा भुटनदेबीले दश हजार र सन्तोषी बतौलाले ३ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

Post a Comment

 
Top