पृथ्वीमा ठूलो संकट आउन सक्ने चेतावनी बेलायती बैज्ञानिकहरुले दिएका छन् । पृथ्वीमा महाद्वीपीय परतहरु पातलो बन्दै गएको र दीर्घकालमा यी परतहरु पुरै पानीमा डुब्न सक्ने सम्भावना रहेको उनीहरुको भनाइ छ ।
यदि उनीहरुले भनेको जस्तै गरी पृथ्वीको सतही परत पातलो हुँदै गयो भने कुनै बेला यस्तो आउने छ जतिबेला पृथ्वीमा जमिन नभएर पानी पानी मात्र हुनेछ ।
 earth under water
‘न्यू साइन्टिस्ट’ नामक म्यागजिनमा प्रकाशित यो दावी अनुसार पृथ्वीका सतही परतहरु तीव्र गतिमा पातलिँदै गएका छन् ।
earth under water 1
यस्तो प्रक्रिया लामो समय सम्म चलेमा पृथ्वी समुन्द्रमा डुब्ने छ । बेलायतको युनिभर्सिटी अफ ब्रिष्टलका ब्रुनो धुइमे र उनका साथीहरुले १३००० चट्टानमा नमूना परीक्षण गरेर लामो अध्यनपछि यस्तो निष्कर्ष निकालेका हुन्

Post a Comment

 
Top