सप्तरी, भदौ १ – संयुक्त मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको क्रममा झडपपछि सप्तरीको भारदहमा कर्फ्यु आदेश जारी गरिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले भारदहमा मंगलबार बेलुकी ४ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गर्नुभएको हो । 

भारदहमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा राजीव राउतको ज्यान गएपछि स्थिति तनावग्रस्त बनेको थियो । पूर्व–पश्चिम राजमार्ग अवरोध गरेर प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाउन खोज्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीले झण्डै २ सय राउण्ड अश्रुग्यास प्रयोग गरेको छ । चार वटा मधेशवादी दलहरुले तराई मधेशका जिल्लामा अनिश्चितकालिन आम हड्ताल भन्दै गाडी चल्न दिएका छैनन । 

Post a Comment

 
Top