भदौ १ – स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्टाइकर क्रिष्टियानो रोनाल्डो विश्वकै सबै भन्दा उदार र सहयोगी खेलाडी रहेको एक अध्ययनले देखाएको छ । रोनाल्डो राम्रो खेलाडीसँगै अति नै राम्रो मानिस रहेको र उनले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेकाले डुसमथिङ डट ओआरजीले जनाएको छ ।
रोनाल्डोले आफ्ना १० वर्षे फ्यानको टाउकाको शल्यक्रियाका लागि ८३ हजार अमेरिकी डलर सहयोग गरेका थिए । यस्तै उनले पोर्चुगलको क्यान्सर सेन्टरका लागि एक लाख ६५ हजार अमेरिकी डलर प्रदान गरेका थिए । रोनाल्डोले विभिन्न क्षेत्रका लागि आर्थिक सहयोग गर्नु मात्रै नभएर विभिन्न सामाजिक विषयमा प्रवक्ताको रुपमा पनि बोल्ने गरेकाले उनी विश्वकै उदार र सहयोगी खेलाडी बनेको डुसमथिङले जनाएको छ ।
रोनाल्डोले बालबालिकामा हुने गरेको कुपोषण र मोटोपना कम गर्न तथा जैविविक विविधताको पक्षमा सार्वजनिक रुपमा बोल्दै आएका छन् । सहयोगी खेलाडीको दोस्रो नम्बरमा रेसलर जोन सिना तथा तेस्रोमा सेरेना विलियम्स छन् । बार्सिलोनाका स्टाइकर नइमार सहयोगी खेलाडीको पाँचौं नम्बरमा छन् ।

Post a Comment

 
Top