काठमाडौंँ, साउन १८– नेकपा (एमाले) को सङ्गठनसम्बन्धी संशोधित नियमावलीलाई पार्टीको केन्द्रीय सचिवालयले अन्तिमरुप दिएको छ ।umal-flag-
नवौं राष्ट्रिय महाधिवेशनपछि नियमावली संशोधनका लागि केन्द्रीय कमिटी र स्थायी कमिटीले सचिवालयलाई जिम्मा दिएको थियो ।
पार्टीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए । नयाँ नियमावलीमा केन्द्रीय विभाग, फाँट र अञ्चल कमिटीमा सदस्य मनोनयन, पार्टी सदस्यतालगायतका विषयमा नयाँ मापदण्ड बनाइएकोे छ ।
सो नयाँ व्यवस्थाबारे चाँडै पार्टीभित्र सर्कुलर हुने बताइएको छ ।
 

Post a Comment

 
Top