aakash-adhikari
वैशाख १२ गते गएको भुकम्पपछि नेपाली चलचित्रका केही चलचित्रकर्मीले देखाएको सक्रियता र कामलाई जती प्रशंसा गरे पनि पुग्दैन । यही सूचीमा पर्छन्, निर्देशक आकाश अधिकारी पनि । आकाशले भुकम्प लगतै विभिन्न जिल्लामा पुगेर ६० लाख हारहारीको राहत सामाग्री वितरण गरेका थिए । उनै आकाशले ललितपुर जिल्लाको शंखु गाविसमा पर्ने मगरगाउँमा एक प्रावी स्कुल निर्माण गरिदिएका छन् ।
aasha-ko-jyoti-nepal
श्री कालिकादेवी प्राथमिक स्कुल निर्माण गरेका आकाशले शनिबार स्कुलको व्यवस्थापनलाई हस्तान्तरण गरेका हुन् । भुकम्पका कारण पुरानो भवन भत्किएपछि समस्यामा परेका त्यहाँका बासिन्दा र विद्यार्थीका लागि आकाशले ‘आशाको ज्योती नेपाल’ नामक संस्थाको तर्फबाट भवन बनाएका हुन् । ३ कोठे भवनको शनिबार सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले उद्घाटन गरे ।
sancharmanti-with-aakashमन्त्री रिजालले आकाशको कामको प्रशंसा गर्दै चलचित्रकर्मीले देखाएको सक्रियतामा बधाई दिए । ‘आशाको ज्योती नेपाल’ नामक संस्थाका अध्यक्ष समेत रहेका आकाश अधिकारीले आफूलाई कसैको पनि ध्यान नपुगेको स्थानमा सहयोग गर्न इच्छा जागेको र मगरगाउँ आइपुगेको बताए ।
कार्यक्रममा कलाकार शिव श्रेष्ठ दीपाश्री निरौला, केदार घिमिरे पनि उपस्थित थिए । कार्यक्रममा स्थानिय तहका नेता, कार्यकर्ता, विद्यार्थी, स्थानिय बासिन्दाको उपस्थिती थियो ।
स्थानियहरुले कलाकारको टोलीलाई फूलमालाले स्वागत गरेका थिए । स्थानियहरुले मन्त्री रिजालसँग शंखु गाविसमा संचारको सुविधा कमजोर भएको भन्दै यसलाई बलियो बनाउनका लागि आग्रह गरेका थिए । आकाशले यसपछि फेरि कुनै अर्को स्थानमा सहयोग गर्ने पनि बताए ।
- See more at: http://www.onlinekhabar.com/

Post a Comment

 
Top