सप्तरी, साउन ३२ – बन्दको अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका नेता तथा कार्यकर्ताको एक समुहले राजविराज स्थित कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन कार्यालयमा सोमबार आगजनी गरेका छन् ।

बन्दको अवज्ञा गरी कार्यालय सञ्चालन गरेको भन्दै आन्दोलनकारीले कार्यालयमा आगजनी गरेका हुन् । कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन नम्बर–२ को कार्यालयमा गरिएको आगजनीबाट कार्यालयको कुर्सी, टेबुल लगायतका फर्निचर जलेका छन् ।
राजविराज नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । आन्दोलनकारीले पूर्वाञ्चल सिंचाई व्यवस्थापन कार्यालयमा तोडफोड गरेका छन् । संविधानको प्रारम्भिक मस्यौदा पुनर्लेखन र स्वायत्त मधेस प्रदेशको माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएको मोर्चाले बन्द आह्वान गरेको हो ।

Post a Comment

 
Top