कैलाली, श्रावण ३२ । १२ दिनदेखिको बन्दका कारण सुदूरपश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले १० दिन यता बन्द गराउँदै आएको छ भने त्यसअघि अखण्ड सुदूरपश्चिम पक्षधरले बन्द गराएका थिए । 

सोमबारबाट थारुको  आन्दोलनलाई समर्थन जनाउँदै अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन परिचालन समितिले समेत सुदूरपश्चिमका नौ जिल्लामै बन्दको आह्वान गरेको छ ।

कैलालीमा भने थारु कल्याणकारी सभाले सोमबारका लागि बन्द फिर्ता लिएको छ । सर्वसाधारणको दैनिकी असहज भएको भन्दै एक दिनका लागि बन्द फिर्ता लिएको हो । कैलालीमा यातायात र बजार पूर्ण रुपमा खुलेको छ ।
बन्दका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खाना पकाउने ग्यास, पेट्रोल र खाद्यान्न अभाव देखिएको छ ।
- See more at: http://imagekhabar.com

Post a Comment

 
Top