काठमाडौं, साउन ३१ – शनिबार भूकम्पको दुईवटा पराकम्प र एउटा नयाँ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ५६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको हो ।

त्यसअघि बिहान १० बजेर १० मिनेटमा दोलखा नै केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो । शनिबार नै ताप्लेजुङ केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ११ बजेर २७ मिनेटमा भूकम्प गएको हो । वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसको पराकम्पन अझै आइरहेका छन् ।

Post a Comment

 
Top