धादिङ, साउन ३१ – १७ औं एसियाली खेदकुद प्रतियोगितामा कराँते तर्फबाट नेपालबाट एकमात्र पदक विजेता धादिङकी विमला तामाङलाई सम्मान गरिएको छ । धादिङको महादेवबेसीमा भएको एक सांगितिक कार्यक्रममा धादिङ उसु संघले नगद तथा ताम्रपत्रले सम्मान गरेको हो । 

नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं सभासद राजेन्द्रप्रसाद पाण्डेकोले सम्मान गर्नु भएको हो । कार्यक्रममा सम्मानित विमला तामाङले धादिङले आफूलाई कहिल्यै विर्सन नसक्ने सम्मान गरेकोले अझ उत्कृष्ट खेल प्रर्दशन गरी देशको इज्जत बढाउने बताइन् ।

Post a Comment

 
Top