म्याग्दी, साउन ३१ – म्याग्दीको दरबाङमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दी खोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । सम्झौतासँगै आयोजना अगाडि बढ्ने भएको छ ।

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका योजना अनुगमन निर्देशनालयका कायममुकायम उपकार्यकारी निर्देशक राजिव शर्मा र धौलागिरी कालिका हाइड्रो प्रालिका सञ्चालक दिनुप्रताप पाण्डेले हस्ताक्षर गर्नुभयो । आयोजनाको सम्झौताबारे जानकारी दिँदै धौलागिरी कालिका हाइड्रो प्रालिका अध्यक्ष प्रमोद श्रेष्ठले भन्नुभयो ‘सम्झौताले आयोजनालाई अगाडि बढाउने बाटो खोलेको छ ।
अब बाँकी काम तीब्र गतिमा अगाडि बढ्छ ।’ तुलनात्मकरुपमा सडक र पूर्वाधारयुक्त क्षेत्रमा आयोजना निर्माण हुन लागेकाले प्राविधिक जनशक्तिको व्यवस्थापन गरी निर्माण कार्यलाई अगाडि बढाउन सहज हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।
प्राधिकरणले प्रवद्र्धकसँग दुईखाले शूल्कमा सम्झौता गरेको छ । जसअनुसार वर्षायामको ८ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पिपिए गरिएको छ ।

Post a Comment

 
Top