काठमाडौं, भदौ २४ - काठमाडौंको गोलढुंगामा अपांगता भएका भूकम्प पीडितको लागि टहरा बनाउने काम आधा सकिएको छ । देशका विभिन्न ठाउँका अपांगता भएका भूकम्प पीडितको लागि अपांग सेवा केन्द्रले टहरा बनाएको हो । 
अहिले टहरा बनाउने काम आधा सकिएको टहरा बनाउन आर्थिक संकलन गर्न सहयोग गरेका लायन्स क्लबका छुल्टिम शेर्पाले बताउनुभयो । अहिले जाजरकोट, जिरी, नुवाकोट लगायतका देशका विभिन्न ठाउँका  १७ जना अपांगता भएका भूकम्प पीडितहरुलाई बास उपलब्ध गर्ने उद्धेश्यले बनाएको टहरामा पछि अरु पनि अपांगता भएका भूकम्प पीडितलाई बास दिने उद्धेश्य लिएको शेर्पाले बताउनु भयो ।  शेर्पाका अनुसार अहिले त्यहाका अपांगता भएका भूकम्प पीडितहरुको अवस्था एकदमै दयनीय भएको र उनीहरु मैनबत्ती बनाएर जीविका चलाइरहेको छ ।  एक रोपनी जग्गामा २७ लाख रुपैयाँको लागतमा टहरा निर्माण भइरहेको हो ।

Post a Comment

 
Top