जनकपुरधाम , भदौ २४ -  जनकपुरमा प्रदर्शनकारीले प्रहरीमाथि पाँचवटा पेट्रोल बम प्रहार गरेका छन् । उनीहरुले जानकी मन्दिरको छेउमा रहेको जानकी प्रहरी चौकीमा बिहान चारवटा पेट्रोल बम प्रहार गरेका हुन् । त्यस क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।
त्यस्तै भानुचोकमा प्रदर्शनकारीले सशस्त्र प्रहरी चढेको भ्यानमा एउटा पेट्रोल बम प्रहार गरेका छन् । पेट्रोलबम प्रहारबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 
प्रदर्शनकारीले जनकपुरको ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले मोटरसाईकल समेत चल्न दिएका छैनन् । यस्तै धनुषाको ग्रामिण भेगहरुमा पनि प्रदर्शन छ । प्रदर्शनकारीले धनुषाको शान्तिपुर र कचुरीमा बन्दको अवज्ञा गरेको भन्दै  एक दर्जन भन्दा बढी मोटरसाईकलमा तोडफोड गरेका छन् ।
यस्तै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्गको ढल्केवरमा सडक अवरुद्ध गरेर मोटरसाईकलसमेत चल्न दिएका छैनन् । उनीहरुले बुधबार बन्दको अवज्ञा गरेको भन्दै ४० वटा भन्दा बढी मोटरसाईकलमा तोडफोड गरेका थिए ।

Post a Comment

 
Top