कञ्चनपुर, भदौ २४ -कञ्चनपुरमा भइरहेको लोडसेडिङ आउँदो एकहप्ता २ घण्टा घट्ने भएको छ । कञ्चनपुरमा संयुक्त विद्यार्थी संगठनले गरेको आन्दोलनपछि विद्युत् प्राधिकरणसँग भएको छलफलमा २ घण्टा लोडसेडिङ घटाउने सहमति भएको अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष ओम वस्नेतले जानकारी दिनुभयो ।
लोडसेडिङ घटाउने थप सम्भाव्यता अध्ययनका लागि विद्युत् प्राधिकरणका प्रतिनिधिको संयोजकत्वमा प्रशासन कार्यालयका प्रतिनिधि, विद्यार्थी संगठनका प्रतिनिधि र विद्यार्थीले इच्छाएको इन्जिनियर सदस्य रहने गरी कार्यदल समेत गठन गरिएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।

Post a Comment

 
Top