काठमाडौं, ललितपुरमा आज भाद कृष्ण पंचमीका दिन मनाइने परम्परागत नरसिंह यात्रा मनाइदैछ । पुराण अनुसार आधा मानव आधा सिहंको स्वरुपमा रहेको नरसिंह विष्णुको चौथौ अवतार हो । पुराणमा हिरण्यकशिपुको अत्याचार सहन नसेकेर नरसिंहले आफनो काखमा राखेर न दिन न रातको समयमा नङ्गले बध गरेको उल्लेख छ ।
भक्त प्रल्हादले नमस्तेको मुद्रामा हातमा धूप लिएर नरसिंहतिर हेरेर उल्टोबाट पाइला चालेर नगर प्ररिकमा गर्छन् । नरसिहंले पछाडितिर कपडाको पुतली लतारेर लैजान्छ । लतारेको पुतली छोयो भने बाल बालिकाको रुन्चे भाग्छ भन्ने जनविश्वास छ । तर नरसिंहको स्वरुप डरलाग्दो हुने भएकोले गर्भको बच्चा डराएर गर्भपतन हुने जनविश्वास छ । त्यसैले गर्भवती महिला जात्रामा सहभागी हुने गर्दैनन् ।
ललितपूरको भित्री शहरको गाबहाल, पिम्वहाल, कुम्भेश्वर, कोबहाल, मंगल बजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पुर्णचण्डी लगायत विभिन्न ठाँउमा परिक्रमा गर्ने कममा नरसिंहलाई ठाँउमा भक्तजनले पूजा गर्छन ्। नगर परिक्रमा पछि यो यात्रा जहाँबाट शुरु भएको हो त्यहि पुगेर वैदिक पूजापछि टुङ्गिन्छ ।

Post a Comment