काठमाडौं, भदौ १७ – चारदलले असन्तुष्ट पक्षका माग समेटेर संविधान बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवासमा बालुवाटारमा बसको कांगेस, एमाले, एकीकृत माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेताको बैठकले विधेयक संशोधनको अवधिमै अन्तुष्ट पक्षलाई पनि समेट्न पहल गर्ने निर्णय गरेका हुन् ।
सात प्रदेशको सीमांकनको खाकाप्रति असन्तुष्टि जनाउँदै थरुहट र मेधस केन्द्रित दलले आन्दोलन गरिरहेका छन् । चार दलले असन्तुष्ट पक्षका माग समेटने बताएपनि कसरी समेटने भन्ने बारेमा केही बताएका छैनन् ।
छलफललमा सहभागी एक नेताका अनुसार शुक्रबार र शनिबार असन्तुष्ट पक्षसँग वार्ता गरेर उनीहरुका माग सम्बोधन गर्ने विभिन्न विकल्पमा छलफल गर्ने आन्तरिक तयारी गरिएको छ ।

Post a Comment

 
Top