२१ साउन, इनरुवा । कोसीटप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदी र सिमसार क्षेत्रमा तीन महिनासम्म माछा मार्न निषेध गरेको छ । वर्षाको समयमा माछाको प्रजनन हुने भएकाले असारदेखि भदौ महिना सम्मका लागि कोसी नदीमा र सिमसार क्षेत्रमा माछा मार्नका लागि निषेध गरिएको कोसी टप्पु वन्यजन्तु आरक्षका सहायक संरक्षण अधिकृत झोलाइ चौधरीले जानकारी दिए । नेपालको जलचर संरक्षण ऐन, २०१७ र त्यसको पहिलो संशोधन ऐनअनुसार सप्तकोसी नदीको केही भागमा माछा मार्न निषेध गरेको चौधरीले बताए ।
 रासस - See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top