उदयपुर, साउन २१ – उदयपुरको सदरमुकाम
गाईघाट आसपासका क्षेत्रमा बौलाह कुकुरको बिगबिगी बढेको छ । बौलाह कुकुरको
टोकाइबाट बिहीबार मात्रै २० जना भन्दा धेरै घाइते भएका छन् ।
घाइते सबैको जिल्ला अस्पताल बोक्सेमा
उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयराज सापकोटाले जानकारी
दिनुभयो । बिहीबार बिहानदेखि नै बौलाह कुकुले टोक्न थालेपछि स्थानीय
बासिन्दा आतंकित बनेका छन् ।
Post a Comment