युएई (अलऐन),  साउन ३१ - बैदेशिक रोजगारीका लागि संयुक्त अरब एमिरेट्स युएईको अलऐन आएकी एक नेपाली महिला प्यारालाइसिसका कारणअस्पतालमा मृत्युसँग संघर्ष गर्दै छिन् ।
रोजीरोटीका लागि युएईको एमएबी क्लिनिङ कम्पनीमा क्लिनरको रुपमा काम गर्न आएकी काभ्रे कुपिन्टारकी सोममाया तामाङ गोले यतिबेला युएईको अलऐनमा रहेको अस्पतालमा उपचाररत हुनुहुन्छ । 
३ महिना पहिले स्वास्थ्य समस्या देखिए पछि गोलेलाई अलएेनमा रहेको अलजिमी अस्पताल लगिएको थियो । अस्पतालले प्यारालाइसिस भएको प्रमाणित गरेपछि उहाँको अहिले त्यहि उपचार भइरहेको छ । 
ठूलो सपना बोकेर परिवार, आफन्त र देश छोडेर बिदेशिएकी सोम माँयाको सपना अहिले अस्पतालको बेडमा सिमित भएको छ । शरीरको माथिल्लो कुनै पनि भागले काम गरेको छैन, न बोल्न सक्नुहुन्छ न कुनै ईशारानै । उपचारका लागि सहयोग जुटाउन आवश्यक भएको उहाँलाई भेटेर आएपछि तामाङ समाज युएईका केन्द्रिय सदस्य सुनिल लामाले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
अस्पतालमा गोलेलाई भेटेर सहयोगका लागि सामाजिक सन्जालमार्फत अनुरोध गर्दै लामाले घरदेशकी महिलाले परदेशमा दुस्ख पाउँदा सबै मिलेर सहयोग जुटाउनु पर्ने बताउनुभयो ।  
हालस् उहाँको स्वास्थ्यस्थिती नाजुक रहेको र दैनिक कम्पनीमा काम गर्न सक्ने अवस्था नभएकोले आश्रित परिवारकोसमेत गर्जो टार्न समस्या छ । त्यसैले सहयोगका लागि पहल गरीदिन उहाँलाई भेट्न अस्पतालमै पुगेका तामाङ समाज अलएेन क्षेत्रीय समितिका उपाध्यक्ष शैलेश लामाले बताउनुभयो । 
गोलेको अहिलेसम्म उपचार खर्च कम्पनीले नै ब्यहोरेको छ । उहाँको उपचारमा ३ लाख युएई दिराम खर्च भई सक्दा पनि निको नभएपछि कम्पनीले उहाँलाई नेपाल पठाउने तयारी गरेको छ । परिवारमा आर्थिक समस्या भएकोले परिवारकी जेठी छोरी उहाँ उमेर बढाएको पासपोर्ट बोकेर युएई आउनु भउको थियो । गोलसँगै काम गर्ने साथीहरुले काभ्रेमा रहेका परिवारलाई उहाँको स्थितिका बारेमा जानकारी गराइसकेका छन् ।

Post a Comment

 
Top