महेन्द्रनगर, साउन २२ - बन्दको कारण
सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिमबाट कैलाली टुक्र्याउने
षडयन्त्र भएको भन्दै गरिएको बन्दका कारण कैलाली र कञ्चनपुरमा यातायात
क्षेत्रमा बढि प्रभाव परेको छ । कैलाली र कञ्चनपुर जिल्लामा बिहानैैदेखि
लामो दूरीका गाडी चलेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले
महेन्द्रनगर–गड्डाचौकी क्षेत्रमा गाडी चलेपनि महेन्द्रनगरबाट बाहिरिने लामो
दूरीका गाडी नचलेकोे जनाएको छ । बजार व्यवसाय, शिक्षण संस्था भने खुलेका
छन् ।
Post a Comment