काठमाडौं, साउन ६ - काठमाडौंको कीर्तिपूरमा बुधबार बिहान एउटा स्कुल बसमा आगजनी भएको छ । नचिनेका मान्छेको समूहले चालकलाई बाहिर निकालेर बसमा पेट्रोल छर्केर आगो लगाएका प्रहरीले जनाएको छ । मोर्डन इण्डियन स्कूलको ना १ क १०२३ नम्बरको बसमा बिहान ६ बजेर १५ मिनेट जाँदा आगजनी गरिएको होे ।
आगो लागेको १० मिनेटमै प्रहरीले निभाएको थियो । प्रहरीका अनुसार आगो कसले लगायो भन्नेबारे केही खुलेको छैन ।

Post a Comment

 
Top