अनिश गैरे/ साउन २७, वामी (गुल्मी)
गत साउन
२३ गते दलहरुले गरेको प्रदेशको सिमाङ्कन अनुसार प्रदेश नम्बर ५ मा हिमाल,
पहाड र तराई नजोडिएकोमा वामीका राजनीतीक दलहरुले आपत्ती जनाएका छन ।
गाबिसमा प्रबतिनिधित्व गर्ने राजनितिक दलहरुको आज बसेको बिशेष भेलाले
प्रदेश नम्बर ५ मा हिमाल, पहाड, तराइृ जोडिनुपर्ने, कालीगण्डकी नदि समाबेश
हुनुपर्ने, चिन र भारत संग सिमाना जोडिनुपर्नै लगायतका माग राखेका छन ।
नेपाल
एक हिमालय देश भएपनि यस प्रदेशमा हिमाल नजोडिनुमा नेपाली काङ्ग्रेस वामीका
सचिब तेजेन्द्र जिसीले दुख ब्यक्त गर्नुभयो । साथै प्रदेशलाई भुपरिबेष्ठित
देश भित्रको पनि भुपरिबेष्ठित प्रदेश बनाउन नहुने माग भएको नेकपा एमाले
जिल्ला कमिटि सदस्य टेक बहादुर राहडीले जानकारी दिनुभयो । साथै सोही
बिषयहरुको माग राख्दै वामीमा साँझ ६ बजे बाट माग सहितको नारा जुलुस गरेका
छन् ।
Post a Comment