४ साउन, नेपालगञ्ज । संविधानको मस्यौदामा सुझाव संकलनका लागि गृहजिल्ला बाँके पुगेका प्रधानमन्त्री सुशील कोइरालाले अवरोधकर्ताहरुलाई संकेत गर्दै हल्ला गरेर केही नहुने बताएका छन् । आफूहरु संविधान निर्माणको महत्वपूर्ण घडीमा रहेको भन्दै उनले सुझाव संकलनमा अवरोध र होहल्ला नगर्न आग्रह गरे । बाँकेको नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा सोमबार आयोजित संविधानको सुझाव संकलन कार्यक्रमलाई सम्वोधन गर्दै उनले उक्त आग्रह गरेका हुन् । उनले नयाँ संविधानमा सबैको भावना समेटिने समेत बताए । कोइरालाले नयाँ संविधान जारी भएपछि देशमा सुख शान्ति आउने र गरिबी हट्ने दाबी गरे ।

Post a Comment

 
Top