सोमबार, श्रावण ३२,
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भदौ १ गतेबाट मधेसी र आदीबासी जनजातीहरुले अनिश्चितकालिन आमहडताल (मधेस–थरुहट बन्द) गर्ने निर्णय गरेको जानकारी दिएका छन । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले साउन ३२ गतेकै हडतालाई निरन्तरता दिईएको स्पष्ट पार्दै अब जनताले अधिकारको लागि बन्द मात्रै नभई ज्यानै दिने चेतावनी दिए ।
कर्णले आफूहरुले संविधानसभा छाड्ने निर्णय पहिला नै गरिसकेको जानकारी दिदै संविधानसभामा बस्नुको औचित्य सकिएको दिन आफूहरु बाहिरिने स्पष्ट पारे । उनले भने ‘हामी संविधानसभा छाड्ने अबसर खोज्दैछौ । जुन दिन आउँछ त्यो दिन छाडि दिन्छौ ।’
राज्य पुर्नसंरचना आयोग र समितिको प्रतिवेदनलाई आधार नबनाई सिद्धान्त विहीन रुपमा कोरिएको सीमांकन कुनै पनि हालतमा नमान्ने स्पष्ट पार्दै तीन दलका तीन नेताले आन्दोलनको आगोमा घ्यु थप्ने काम गरेको आरोप लगाए ।
उनले भने–राज्यले संघीयता बुझेन । सीमांकनको सिद्धान्तको विरुद्ध छ । यो खस त्यसमा पनि बाहुनबादी सिद्धान्त हो । तीन दलका तीन बाहुनले बनाएको सिद्धान्त हो । बाुहनको निरन्तर शासन गर्न यो ल्याएको हो । प्रजातान्त्रिक र पूर्णकालिन सरकार आएमात्रै बन्द संस्कृति रोकिने विश्वास ब्यक्त गर्दै उनले शान्तिपूर्ण विरोध गर्दा आफूहरुको कुरा नसुनेपछि बन्द गर्नु परेकोले यो आफूहरुको रहर नभई बाध्यता भएको तर्क गरे ।- See more at: http://nepalpati.com/news/13897/Laxman-lal-karna#sthash.7BjSwlFx.dpuf

Post a Comment