काठमाडौं, भदौ १ – कतार सरकारले
मंगलबारदेखि कामदारको तलब बैंक मार्फत भुक्तानी गर्ने भएको छ ।
बहुप्रतिक्षित ज्याला संरक्षण प्रणाली (डब्लुपिएस) लागु भएपछि अब कतारमा
निजी क्षेत्रका सबै कामदारको तलब बैंकिङ प्रणालीबाट अनलाइनमार्फत भुक्तानी
हुने भएको हो ।
कतारमा रहेका सबै कामदारको अभिलेख श्रम
तथा सामाजिक मामिला मन्त्रालयले तयार गरेको छ । मन्त्रालयले सेन्ट्रल
बैंकसँगको सहकार्यमा कार्यान्वयन गरेपछि कतारमा कार्यरत सबैको बैंक खाता
अनिवार्य हुनुपर्ने छ ।
कम्पनीको बैंक खाताबाट कामदारको खातामा
बैंकले तलब ट्रान्सफर गरिदिनेछ । यो प्रणाली कार्यन्वयन भए नभएको अनुगमन
श्रम मन्त्रालयले नै गर्ने छ । अुनगमनका लागि छुट्टै निरीक्षण एकाइ खडा
गरिएको छ । डब्लुपिएस कार्यन्वयन नगर्ने कम्पनीलाई कारबाही हुनेछ ।
Post a Comment