मंगलबार, भाद्र १,  तनहुँको अर्चलेमा ट्रान्सफर्मर पड्किंदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । २ जना घाइतेको अवस्था गम्भीर छ । मृत्यु भएकामा दुर्गा न्यौपाने र उनकी ५ बर्षीय छोरी रहेको प्रहरीले जनाएको छ । हाइभोल्टेजका कारण लोड धान्न नसकेर ट्रान्सफर्मर पड्किएको प्रारम्भिक अनुमान छ । बस्तीको बीचमा रहेको ट्रान्सफर्मर पड्किँदा नजिकैको २ वटा घरमा क्षति भएको छ ।
- See more at: http://nepalpati.com

Post a Comment

 
Top