रौतहट, साउन ३१ – रौतहटको सन्तपुरमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ । सन्तपुर दोस्तिया–१ मा रहेको अडुवा खोलामा डुबेर त्यही ठाउँका ललित प्रसाद कलवारका ४ वर्षका छोरा रोहितको ज्यान गएको प्रहरीले जनाएको छ ।

बालक डुबेपछि बुबा ललित प्रसाद कराएका थिए । डुबेको केही बेरमा नै बालकलाई निकाले पनि बचाउन नसकेको गाउँलेले बताएका छन् ।

Post a Comment

 
Top