काठमाडौं, साउन ३१ – नेपाल बन्दका कारण देशभरीकै जनजीवन प्रभावित भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, जनजाति र मधेस केन्द्रित दलले संविधानको मस्यौदा खारेजीको माग गर्दै नेपाल बन्द गरेपछि जनजीवन प्रभावित भएको हो ।

सीमांकनको विरोधमा ५ दिनदेखि बन्द भैरहेको पूर्व र पश्चिमका विभिन्न जिल्लामा आइतबारको बन्द थपिएपछि जनजीवन निकै कष्टकर बनेको छ । मध्यपश्चिम, सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका विभिन्न जिल्लाका बासिन्दा दोहोरो बन्दको चपेटा परेका हुन् ।
बन्दका कारण सडकमा कम मात्र गाडी चलेका छन् । काम विशेषले गन्तव्यमा पुग्नै पर्नेहरुले पैदल यात्रा गरिरहेका छन् । बन्दमा हुन सक्ने अराजक गतिविधि रोक्न सरकारले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले बन्द गराउँदै हिँडेका १ सय ३ जनालाई ललितपुर र काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट मात्रै ११ महिला सहित ९६ जनालाई पक्राउ परेका छन् । यस्तै ७ जना ललितपुरबाट पक्राउ प्रहरीले जनाएको छ । यस्तै सीमांकनको विरोधमा देशका विभिन्न ठाउँमा भैरहेको प्रदर्शन पनि कायमै छ ।
सल्यानमा भने आम हड्तालले जनजीवन कष्टकर बनेको भन्दै आइतबारदेखि दिनको तीन घण्टा मात्रै बन्द गर्ने आयोजकले जनाएका छन् । विद्यालयमा भने बन्दको कुनै प्रभाव नपर्ने उनीहरुको भनाई छ ।

Post a Comment

 
Top